सहायक रथीको पदावधि थप गर्नेदेखि फलाख उत्खननको अनुमति दिनेसम्म, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद बैठकका २७ निर्णय सार्वजनिक गरेका छन् ।

बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *