मार्तडीमा आगलागीबाट एक करोड भन्दाबढीको क्षति

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासी आगलागी भएको हो । आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । आगलागीबाट एक करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको र क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *