नवलपुरमा थपिए नौ हजार मतदाता

नवलपरासी । नवलपुरको बर्दघाट सुस्तापूर्व नवलपुरमा ९ हजार २३७ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको संख्या ३ हजार १५३ रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ६ हजार ८४ जनाले नाम दर्ता गराएका छन् ।

यसअघि यहाँ २ लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार– २ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । यसअघि नवलपुरमा ११३ मतदानस्थल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *