एनपीएलमा आज चितवन र जनकपुर तथा कर्णाली र पोखरा भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल  बिहान ११:४५ बजे र दोस्रो खेल बेलुकी ४ बजे शुरू हुनेछ ।

चितवन आजको खेल जित्दै प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ भने जनकपुर पहिलो जितको खोजीमा हुनेछ । यसअघिको शुरुवाती चार खेलमा पराजित भएको साविक विजेता जनकपुर आजको खेल जित्दै प्लेअफ पुग्ने गणितीय सम्भावनालाई जीवित राख्न चाहन्छ । हाल चितवन ४ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन जनकपुर पुछारमा रहेको छ ।

यता कर्णाली र पोखरापनि आजको खेल जित्दै प्लेअफको सम्भावनालाई यथावत राख्ने लक्ष्यमा रहेका छन् । कर्णाली ५ खेलबाट २ अंक जोड्दै छैटौं स्थानमा रहेको छ भने एक खेल कम खेल्दै समान दुई अंक जोडेको पोखरा सातौँ स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *