सोह्रौँ ञिङमा मोन्लाम पुस १५ गते बाैद्धमा सुरू हुने

काठमाडौँ । नेपाल बौद्ध ञिङमा संघले आगामी पुस १५ देखि पुस २० गतेसम्म सोह्रौँ ञिङमा मोन्लाम (प्रणिधाना पूजा) आयोजना गर्ने भएको छ । संघले सार्वजनिक गरेको सूचनाअनुसार यो धार्मिक तथा आध्यात्मिक कार्यक्रम विश्व सम्पदा सूचिमा सुचिकृत बौद्ध स्तूपा नजिक टुसालस्थित शेर्पा सेवा केन्द्रमा सञ्चालन हुनेछ।

कार्यक्रममा भगवान् शाक्यमुनि बुद्धको जन्मभूमि नेपालको शान्ति, शिक्षाको उत्थान, प्राकृतिक विपत्तिबाट मुक्ति तथा सर्वसाधारणको स्वास्थ्य, दीर्घायु र कल्याणको प्रार्थना गरिने सूचनामा उल्लेख गरिएको छ । साथै, देश–विदेशबाट आउने भक्तजनका लागि विशेष व्यवस्थासहित मोन्लाम महोत्सव भव्य रूपमा सम्पन्न गरिने संघले जनाएको छ ।

दैनिक बिहान साढे सात बजेबाट शुरु हुने सो कार्यक्रम ११ बजेसम्म सञ्चालन हुनेछ भने दिउँसोकाे कार्यक्रम एक बजेबाट पुनः  शुरू भएर चार बजेसम्म हुनेछ ।

आयोजक नेपाल बौद्ध ञिङमा संघ ले सबै श्रद्धालु, भक्तजन तथा शुभेच्छुकहरूलाई सम्मानपूर्वक उपस्थित हुन आग्रह गरेको छ । अधिकारिक जानकारीका लागि संघले सम्पर्क नम्बर ९८०८९२९९६९ र ९८४९८२९९६९ उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *