काठमाडौँ । नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भूसाल चयन भएका छन् । अध्यक्ष चन्द्रदेव जोशीले विशेष महाधिवेशन आयोजक समिति बैठकमा भूसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा जोशीले पार्टीको जिम्मेवारी भूसाललाई सुम्पेको बताए ।
कार्यवाहक अध्यक्ष भूसालले जेनजी आन्दोलनका बाबजुद पनि नेताहरूले सबक नसिकेको बताए । अध्यक्ष जोशीले पनि कम्युनिस्ट आन्दोलन दलदलमा फसेको बताए। ’
