यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा(पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको समीक्षामार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ।

हालैको बाढी/पहिरो वा इलाम लगायतका प्राकृतिक विपत्तिको कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जालाई बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असूल गरी एक पटकको लागि पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने भएको छ ।

त्यस्तै भूकम्प प्रभावित (जस्तै जाजरकोट, रूकुम) तथा रियलस्टेट व्यवसाय/जाजरकोटको कर्जा पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था पहिले नै मिलाइएको छ ।

त्यस्तै शेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा लगानी गर्न पाउने विद्यमान अवधि (एक वर्षभन्दा बढी) लाई घटाएर ६ महिना कायम गरिएको छ ।

शेयर खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न सकिने व्यवस्था खारेज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *