कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका आउने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पटक पटक स्थगित हुँदै आएको बैठक आजका लागि बोलाइएको हो । आज दिउँसो २ बजे बस्ने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ ।

आइतबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र केही नेतासहितको छलफलमा पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको हो । गत असोज २८ देखि सुरु भएको बैठकले सहमति नजुट्दा महाधिवेशनको मिति तय गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *