काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज ‘रेस्ट डे’ रहेको छ । आज प्रतियोगिताको कुनैपनि खेल हुनेछैन ।
राजधानीमा जारी प्रतियोगितामा हाल साविक उपविजेता सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदा साविक विजेता जनकपुर बोल्ट्सले यस सिजन जितको स्वाद चाख्न पाएको छैन ।
यस्तो छ अंक तालिका
हाल सुदूरपश्चिम ५ खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा कब्जा जमाउँदा भने काठमाडौं गोर्खाज र विराटनगर किंग्स समान ८/८ अंकको साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । काठमाडौंले ६ खेल खेल्दा विराटनगरले एक खेल खेलेको छ । सुदूरपश्चिममा प्लेअफमा पग्ने पहिलो टोली हो ।
यस्तै चितवन राइनोज ४ खेलबाट ४, लुम्बिनी लायन्स ५ खेलबाट ४, कर्णाली याक्स ५ खेलबाट २ र पोखरा एभेन्जर्स ४ खेलबाट २ अंक जोड्दै क्रमश चौथो, पाँचौ, छैटौं र सातौँ स्थानमा रहेका छन् । चार खेलबाट अंकविहीन जनकपुर बोल्ट्स पुछारमा रहेको छ ।
