यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्दै

काठमाडौँ । युएईमा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली युएई र नेपाल भिड्दैछन् । अजमानसहित करवान मैदानमा हुने खेल बिहान १०ः३० बजे शूरू हुनेछ ।

दुवै टोली आजको खेल जित्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा मलेसियामाथि ९ विकेटको सहज जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो भने युएईले पहिलो सेमिफाइनल खेलमा ओमानलाई आठ विकेटले पराजित गरेको थियो ।

दुवै टोली प्रतियोगितामा अपराजित रहेका छन् । फाइनल पुगेसँगै दुवै टोली डिसेम्बरमा हुने यु-१९ एसिया कपको लागि छनोट भइसकेका छन् ।

आजै तेस्रो स्थानको लागि हुने खेलमा मलेसिया र ओमान प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलको विजेतालेपनि एसिया कपमा स्थान बनाउनेछ । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *