जेनजी आन्दोलनमा हायात होटलको क्यासिनोबाट रकम लुट्ने दुईजना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हायात होटलस्थित क्यासिनोको काउन्टरमा रहेको रकम लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६, बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र बुढानिलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रञ्जित खड्की छन् । काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा उनीहरूले हतियार देखाएर क्यासिनोको काउन्टरमा रहेको रकम लुटेका जानकारी दिए ।

त्यसक्रममा क्यासिनोमा तोडफोड तथा आगजनी समेत गरेका थिए । दुवै जनामाथि चोरी तथा डाँकासम्बन्धी कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको र दुवै जनालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको परिसरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *