प्रभु बैंकका सिइओ शेरचन पक्राउ

काठमाडौँ । प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अशोक शेरचनलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सआिइबी)ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आइतबार पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिए ।
९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआइबीले अनुसन्धान अगाडि बढाएको छ ।

सीआइबीले यसअघि गत कात्तिक २२ गते बैङ्कको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी सीआइबीले गत कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो ।

भट्टचनमाथि अनुसन्धानका क्रममा बैङ्कका सिइओ शेरचनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भट्टचनविरुद्ध  ९८ करोड ठगी गरेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *