बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो आल्भेसलाई ३-१ गोलले हराउँदै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन डानी ओल्मोले दुई र लामिने यामालले एक गोल गरे । आल्भेसको लागि पाब्लो इबानेजले एक गोल गरे । खेलमा लिएको शुरूवाती अग्रता जोगाउन नसक्दा आल्भेस पराजित हुन पुगेको हो । खेलको पहिलो मिनेटमै पाब्लोले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

आठौँ मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।  २६ औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना १४ खेलबाट ३४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट १५ अंक जोडेको आल्भेस १४ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *