भ्रष्टाचार विरोधी अभियान चलाउन प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा कार्यदल गठन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ । पार्टीको विस्तारित बैठकले देशैभरी भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको हो । त्यसका लागि सात सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

जिएस गुरुङको संयोजकत्वमा गठित कार्यदलमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुवप्रसाद पराजुली, मञ्जु मिक्चान र दीपक महतो छन् ।

बैठकले निर्धारित २१ फागुनमै प्रतिनिधिसभाको निर्वा गराउने वातावरण बनाउन सबै पक्षसँग आग्र गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबल जानकारी दिएकी छन् ।

त्यस्तै बैठकले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउनसमेत सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *