पोखरामा अवतरण गर्ने क्रममा बुद्ध एयरमा चरा ठोक्कियो

गण्डकी । बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा शनिबार दिउँसो ३.४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।

चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको भएपनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए । अहिले विमानको प्राविधिक परीक्षण जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *