भ्रष्टाचारविरोधी निकायले घरमा छापामारेपछि जेलेन्स्कीका चिफ अफ स्टाफद्वारा राजीनामा

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिफ अफ स्टाफ एन्ड्री यर्माकले भ्रष्टाचारविरोधी इकाइले घरमा छापा मारेपछि राजीनामा दिएको पुष्टि गरेका छन् ।

रुसको आक्रमण सुरु भएदेखि जेलेन्स्कीका सबैभन्दा शक्तिशाली र नजिकका सहयोगीका रूपमा चिनिएका यर्माक विवादमा तानिएका थिए । अमेरिकाले अघि सारेको नयाँ शान्ति–पहलकदमीलगायत महत्वपूर्ण वार्ताको नेतृत्व हालै उनीमै जिम्मा लगाइएको थियो ।

राष्ट्रपति कार्यालय बाहिर राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले एकता आवश्यक भएको बताएका छन्।
‘हामी सबै कुरा गुमाउने जोखिममा छौँ — आफू, युक्रेन र हाम्रो भविष्य,’ उनले चेतावनी दिए ।

शुक्रबार बिहान युक्रेनका दुई प्रमुख भ्रष्टाचारविरोधी निकायहरूले कीभको सरकारी क्षेत्रभित्र रहेको यर्माकको अपार्टमेन्टमा छापा मारेका थिए।

यर्माकले सामाजिक सञ्जालमार्फत ‘पूर्ण सहयोग’ गर्ने बताएका थिए। जेलेन्स्कीले यर्माकको कामको प्रशंसा गर्दै भने, ‘वार्तामा युक्रेनको राष्ट्रिय हितलाई उनले सदैव आवश्यक जस्तै प्रस्तुत गरे।’

राष्ट्रपतिले यर्माकको उत्तराधिकारी छान्न शनिबारदेखि परामर्श सुरु गरिने बताएका छन् । ‘युद्धको समयमा कूटनीति र सुरक्षामा सबैको ध्यान हुँदा, आन्तरिक स्थिरता अत्यावश्यक हुन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *