युक्रेनमा लडाइँ अन्त्य गर्ने प्रयासको नेटो प्रमुखद्वारा प्रशंसा

आइसल्याण्ड । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रुटले युक्रेनमा जारी युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसा गरेका छन् ।

आइसल्याण्ड भ्रमणका क्रममा रुटले भने, “शान्ति प्रक्रियामा नयाँ ऊर्जा छ, र यसका लागि म अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्न चाहन्छु ।”

रुस, युक्रेन, वासिङ्टन र युरोपका अधिकारीहरूले जेनेभादेखि अबुधाबीसम्मको वार्तामा सर्तहरू तयार पारेसँगै अमेरिकाले प्रस्तावित युद्धविरामले वार्ताको नयाँ सम्भावना ल्याएको छ।

वाशिङ्गटनले आफ्नो पछिल्लो योजना प्रकाशित गरेको छैन, तर ट्रम्पले यसलाई अघिल्लो २८ बुँदे प्रस्तावको ‘सही बाटोको लागि’ संशोधन गर्न भनेका छन् । अमेरिकाको २८ बुँदे प्रस्तावलाई किएभ र उसका युरोपेली सहयोगीहरूले क्रेमलिनको इच्छा–सूचीको रूपमा अस्वीकार गरेका थिए।

क्रेमलिनले अद्यावधिक गरिएको केही योजनालाई ‘सकारात्मक’ रूपमा हेरेको बताएको छ, तर अन्य बुँदाहरूमा थप छलफल आवश्यक रहेको बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस योजनाका ‘सिद्धान्त’ले ‘गम्भीर सहमति’ गर्न सक्ने बताए ।
युद्धविराम र शान्ति वार्ता सम्बनधमा छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न अमेरिकी विशेष दूत स्टिभ विटकोफ अर्को साता मस्को जाने कार्यक्रम तय भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *