फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर १४ गते आइतबार दिउँसो २ः०० बजे बस्ने भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *