एकता अभियान सच्चा वामपन्थी कम्युनिष्ट र देशभक्तहरुको अभियान बनिसक्योः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउँदा एमालेका एकदम राम्रा नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रा नेताकार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनिसकेको बताएका हुन् ।

उनले भने, ‘१९ गतेदेखि आजमंसिर ११ गतेसम्म आउँदा एमालेका एकदम राम्रा नेता कार्यकर्ताहरु जसरी हाम्रो अभियानमा प्रवेश गर्नुभएको छ त्यसले के देखाउँछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिष्टहरुको, सच्चा देशभक्तहरुको अभियान बनिसकेको छ मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्तगर्दै जानेछ र देशको रक्षा गर्ने कुरामा क्रान्तिका उपलब्धीको रक्षा गर्ने कुरामा हामीले नयाँ आन्दोलन छेड्नुछ ।’

उनले अभियान चुनाव जित्नको लागि नभई राष्ट्रको स्वाधिनताको रक्षा, राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने संकल्पका साथ गरिएको बताए ।

उनले युवा र आम नेपालीजनताको विकास र सुशासनको चाहनालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ एकताको आन्दोलनमा सहभागी भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *