नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्तबीच एकता घोषणा गरिएको हो ।

एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ भने चुनाव चिन्ह हँसिया रहनेछ । त्यस्तै उनीहरुबीच दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ ।

स्वदेशमै नेपालीलाई रोजगारी दिने र भ्रष्टाचार, अपारदर्शिता, ढिलासुस्ती तथा अनियमितताको अन्त्य गरी सुशासनको स्थापना गर्ने सहमतिपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *