काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत घरेलु टोली इन्डोनेसियाविरुद्ध जारी खेलमा नेपालले अग्रता लिएको छ । योग्याकार्तामा जारी खेलमा नेपालले पहिलो हाफमा इन्डोनेसियाविरुद्ध १-० गोलको अग्रता लिएको हो ।
खेलको २० औँ मिनेटमा नेपालकी बिमला विकको हेडर रोक्ने क्रममा विपक्षी डिफेन्डर भिभिले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफ केहिबेरमा शुरू हुनेछ ।
