विद्यावारिधीको झुटो विवरण पेस गरी सहपरीक्षा नियन्त्रक बनेका प्रसाईंसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यावारिधी (पीएचडी) गरेको झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले बुधबार त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल शर्मा, प्रा.डा.मेघराज पोख्रेल र तत्कालीन सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईविरुद्ध गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । झुटो विवरण पेश गरेर प्रसाईं सहपरीक्षा नियन्त्रक बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *