‘सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा खै युवाले बुझेको ?’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री पुनले आमचुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्न सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ’अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आमचुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।’

उनले बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *