गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी उनीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । सूचनाका वेवास्ता गरी हाजिर नभए कानुनबमोजिम कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *