राप्रपाद्वारा आयोगमा दल दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले मंगलबार आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले बुधबारसम्म दल दर्ताको समयावधि तोकेको छ । आयोगमा अहिलेसम्म ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । नेकपा एमालेले पनि आजै आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *