जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदानमा सीता र रामको स्वयम्बर हेर्न भक्तजनको घुइँचो(फोटोफिचर)

जनकपुरधाम । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बरको आयोजना गरिएको छ। राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ । अहिले १२ विगाहा स्थित स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ ।

तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *