काठमाडौं । नेपाल हिन्दू समाजले नेपाललाई बुद्ध शिक्षाको केन्द्र बनाउनुपर्छ भनेर सबैले पहलकदमी लिनुपर्ने ठाउँमा बौद्ध शिक्षाको केन्द्र गुम्बाहरूमा हातहतियार लुकाएर राखिएका छन् भन्दै आरोप लगाउने कार्य निकै दुःखद भएको बताएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी समाजले गुम्बा जस्ता पवित्र स्थलहरूमा हातहतियार लुकाएर राखिएको भन्नेहरूले बौद्ध धर्मको महत्व र महिमाको अनादर गर्दै बौद्ध आस्थामाथि ठाडो प्रहार गरेको बताएको हो ।
समाजले विना प्रमाण अफवाह र आशंकाको भरमा यस्तो संगीन आरोप लगाउनेलाई माफी माग्न र सार्वजनिक माफी मागेको खण्डमा बौद्ध समुदायलाई माफी दिन आग्रह गरेको छ ।



