काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बधाई ज्ञापन गरेकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी छिन् ।
नेपाली टोली विश्वकप खेलेर आज नेपाल स्वदेश फर्किएको थियो ।
आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।
