काठमाडौँ । नेपाल प्रहरीका तीन जना डीआईजीको सरुवा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा डीआईजी विनोद घिमिरेलाई पठाउने निर्णय गरिएको छ ।
प्रहरी प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत दिलिप सिंह देउवालाई प्रदेश समन्वय विभाग र दीपक बस्नेतलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
कोशी प्रदेशमा कार्यरत डीआईजी ईश्वर कार्की यसअघि नै एआईजीमा बढुवाको लागी सिफारिस भएका थिए ।

