सुदूरपश्चिमद्वारा कर्णालीलाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले कर्णालीलाई जितको लागि १ सय ४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ३९ रन बनाउँदा आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुग्लेलेइनले १० रनको योगदान गरे ।

सुदूरपश्चिमको लागि सोमपाल कामीले चार ओभरमा एक मेडन राख्दै ३२ रन दिएर तीन विकेट लिँदा नन्दन यादवले दुई तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *