काठमाडौं । साताको दोस्रो दिन शेयर बजार नेप्से उच्च अंकले बढेको छ । सोमबार नेप्से ५० दशमलव ४४ अंकले बढेको हो । आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर झन्डै ५, उत्पादन समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज २ सय १५ वटा कम्पनीको शेयर बढेकोमा ३७ वटाको घटेको छ । आज झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज ३३० वटा कम्पनीको १ करोड ४२ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।
