‘हाम्रो पार्टी नेपाल’ले आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ ।

सोमबार निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए ।

हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल रहेको छ । दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए ।

उनले चुनावमा कांग्रेस, एमालेसँग सहकार्य नहुने तर कुलमान घिसिङ, बालेन साह, रवि लामिछाने र हर्क साङपाङहरुसँग सहकार्य हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *