टी–२० विश्वकप खेलेर दृष्टिविहीन महिला टोली स्वदेश फिर्ता

काठमाडौं । दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । फाइनलमा भारतसँग पराजित भएको टोली सोमबार स्वदेश फर्किएको हो ।

सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कप्तान गीता पौडेलले राष्ट्रबाट पाउनुपर्ने सहयोग नपाएर सीमित स्रोत साधनकाबीच खेल खेल्नुपर्दा विजेता बन्न नसकेको गुनासो गरिन् ।

समयमा नै अभ्यासको लागि मैदान अभाव हुँदा २०–२२ दिनको अभ्यासले यहाँसम्म पुग्नु नै ठूलो कुरा भएको उनले बताइन् । आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *