विशेष महाधिवेशनबाट चुनिने सभापतिले निर्वाचनको टिकट बाँड्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनबाट चुनिने सभापतिले निर्वाचनको टिकट बाँड्ने बताएका छन् ।

सोमबार दिउँसो सामाजिक संजालमार्फत महामन्त्री थापाले नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने बताएका हुन् ।

निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने गरी आइतबार निर्वाचन आयोगमा दल दर्ता भएपछि महामन्त्री थापाले यस्तो बताएका हुन् ।

यस्तो छ महामन्त्री थापाको भनाई

बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने; होइन । साथीहरूले फेरि सोध्नुभयो कसरी ? मैले भनें, प्रष्ट छ –अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *