काठमाडौं उपत्यकामा सडकको नियमित मर्मतसम्भार सुरु

काठमाडौं । भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशनपछि सडक विभागले काठमाडौँ उपत्यकाकाका मुख्य सडकका खाल्डाखुल्डी मर्मत गर्न सुरु गरेको छ ।

सहर सफा र सुन्दर बनाउने अभियानअन्तर्गत काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी कालोपत्रे गर्न सुरु गरिएको मन्त्री घिसिङले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘सुन्दर, सफा र सुरक्षित शहर निर्माण लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मतसम्भार सुरु गरिएको छ । अब सडक मर्मतलाई नियमित र प्रभावकारी बनाइने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *