काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिन्ह लिएर चुनावमा जाने सहमति भएको छ । तीन दलले आइतबार काठमाडौंम सहमति गरी संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका हुन् ।
सहमति अनुसार तीनै पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालमा दर्ता रहेको जाँतो (चकिया) चिह्नलाई साझारुपमा प्रयोग गर्नेछन् । यी साना तीन दलले समान विचारधारा र लक्ष्य भएका अन्य राजनीतिक शक्तिहरूलाई पनि यही साझा चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

