काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालमा १९ प्रतिशतले आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको चार महिना(श्रावणदेखि कात्तिक) को वैदेशिक द्विपक्षीय व्यापारको तथ्यांकअनुसार समीक्षा अवधीमा निर्यातको हिस्सा दरमा बृद्धि भएको हो ।
चार महिनाको अवधीमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात हुँदा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँबराबरको नेपाली उत्पादन विभिन्न मुलुकमा निर्यात भएको छ ।
त्यस्तै चार महिनाको अवधीमा नेपालले ७ खर्ब २ खर्ब ९४ करोड ७० लाख रुपैयाँबराबरको कूल द्विपक्षीय वैदेशिक व्यापार गर्दा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँबराबरको व्यापार व्यहोरेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधीमा नेपालबाट सबैभन्दा बढी सोयाविन तेल ३८ अर्ब ४३ करोड रुपैयाँबराबरको १८ करोड ५२ लाख ५५ हजार किलो भारतमा निर्यात भएको छ ।
यस्तै ठूलो अलैंची ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँबराबरको १८ लाख २३ हजार किलो भारतमा निर्यात भएको छ । त्यस्तै सनफ्लावर तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँबराबरको १ करोड ४२ लाख ४० हजार लिटर भारतमा निर्यात भएको छ ।
यस्तै जुट वा अन्य टेक्सटाइल बास्ट फाइबरबाट बनेको ब्लिच नगरिएको बुनेको कपडा २ अर्ब १५ करोड १५ लाख रुपैयाँबराबरको ३ करोड ६६ लाख ३५ हजार स्वायर मिटर भारतमै निर्यात भएको छ ।
अमेरिकामा भने २ अर्ब ७ करोड ६४ लाख रुपैयाँबराबरको ६१ हजार स्क्वायर मिटर कार्पेट निर्यात भएको छ । पाम आयल भने २ अर्ब ६ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १४ लाख ३८ हजार लिटर भारतमा निर्यात भएको छ ।
