नेप्सेमा ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेको हो ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ ।

आज २३७ वटा कम्पनीको शेयर बढेकोमा १८ वटाको घटेको छ । आज सागर डिस्टिलरी, बन्दीपुर केबलकार, झापा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ७ दशमलव ६५ प्रतिशतले घटेको छ । आज ३ सय ३४ वटा कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *