दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले मंसिर ७ गतेदेखि गर्ने भनेको आम हड्तालका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच मंसिर ७ गतेदेखि गर्ने भनिएको आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता यस्तो सहमति भएको हो ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको थियो । छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका जायज मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

त्यस्तै महाभियानले मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति जनाएको छ। अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *