नेपालगञ्ज म्याराथनको उपाधि खड्का र न्यौपानेलाई

 

नेपालगञ्ज ।  नेपालगञ्जमा शनिबार भएको ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन् ।

खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् । उनले  दुई लाख नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै, दुई घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गर्दै नेपाल सेनाकका सुशीलकुमार शाही दोस्रो तथा दुई घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दूरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः  एक लाख र ५० हजार पुरस्कार प्राप्त गरे ।

हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितिन् । उनी पाँचौँ संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसँगै ७५ हजार पुरस्कार हात पारेन । यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *