एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा विराटनगर र काठमाडौं भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थितटियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् । खेल बिहान ११ः१५ बजे शुरू हुनेछ ।

लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ । आजको खेलमा लुम्बिनी दोस्रो जित र कर्णाली पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ५ विकेटले हराउँदा कर्णाली भने चितवनसँगै चार विकेटले पराजित भएको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ः३० बजे शुरू हुनेछ । विराटनगर सन्दीप लामिछाने र काठमाडौं करण केसीको कप्तानीमा खेल्नेछ । तेस्रो खेल खेल्न लागेको काठमाडौं पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदा दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।

यता पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध एनपीएल इतिहासकै सर्वाधिक योगफल बनाएको विराटनगर आज दोस्रो जितको खोजीमा हुनेछ । विराटनगरले पहिलो खेलमा पोखरामाथि ५३ रनको जित दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *