एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकाल्दा पोखरा एभेन्जर्सले लगातार दोस्रो बेहोरेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७५ रनमात्र बनाउन सक्यो । पोखराको लागि कप्तान कुशल भुर्तेलले अर्धसतक बनाए । उनले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । यस्तै जेम्स निशम र डान डाउथवेटले विस्फोटक ब्याटिङ गर्दै क्रमशः ४७ र ३७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमको लागि हर्मित सिंहले दुई विकेट लिँदा स्कटकुगेलेईन, दीपेन्द्र सिंह एरी, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदको नाममा एक/एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । सुदूरपश्चिमको लागि जोश ब्राउनले अर्धसतक बनाए । उनले ३५ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ६८ रन बनाए । यस्तै विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्र सिंह एरीले १५ रन बनाए ।

पोखराको लागि जेम्स निशमले ४ ओबह्रमा ४७ रन दिएर तीन विकेट लिँदा आकाश चन्द र डान डाउथवेटले दुई/दुई विकेट लिए ।

जितसँगै सुदूरपश्चिम दुई खेलबाट दुई अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिदा समान खेलबाट अंकविहीन पोखरा पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *