काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पोखरालाई जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको हो । सुदूरपश्चिमको लागि जोश ब्राउनले सर्धसतक बनाए । उनले ३५ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ६८ रन बनाए । यस्तै विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्र सिंह एरीले १५ रन बनाए ।
पोखराको लागि जेम्स निशमले ४ ओबह्रमा ४७ रन दिएर तीन विकेट लिँदा आकाश चन्द र डान डाउथवेटले दुई/दुई विकेट लिए ।
