टस जितेर पोखरा फिल्डिङमा

काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।

यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पोखरा पराजित भएको थियो। यसअघि काठमान्डू गोर्खाजलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ ११:-  क्रिस लिन, विनोद भण्डारी, जोश ब्राउन, दीपेन्द्र सिंह एरी(कप्तान), आरिफ शेख, इशान पाण्डे, हर्मित सिंह, स्कट कुगेलिन, अविनाश बोहोरा, हेमन्त धामी र नरेन साउद

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *