काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ४ बजे शुरू हुनेछ ।
दुवै टोली आज जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । सुदूरपश्चिम आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम पहिलो जितको खोजीमा हुनेछ । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो भने पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।
हाल सुदूरपश्चिम एक खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन पोखरा सातौँ स्थानमा रहेको छ ।
