सरकार र बञ्चरेडाँडाका स्थानीयबीच ११ बुँदे सहमति

काठमाडौं । सरकार र बञ्चरेडाँडाका स्थानीयहरूबीच ११ बुँदे सहमति भएको छ । बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा ११ बुँदे सहमति भएको हो ।

सहमतिसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन् ।

सरकार र स्थानीयबीच स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, ईआईए प्रतिवेदन छिटो तयार गर्न कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिबद्धता समेत लिने, आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *