नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से ०.९३ अंकले घटेको हो ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

जबकी बुधबार तीन अर्ब ७७ करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी आज ११२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *