महाभियोग लगाएर सभामुखबाट हटाइएका मण्डलले कानुनी उपचार नखोज्ने

काठमाडौं । बुधबार पदमुक्त भएका मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफू कानुनी उपचार नखोज्ने बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत मण्डलले सभामुख नियुक्ति तथा पदमुक्त विशुद्ध अंक गणितीय खेल भएकाले आफू कानुनी उपचार खोज्ने पक्षमा नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘सभामुख नियुक्ति तथा पदमुक्त विशुद्ध अंक गणितीय खेल हो। गणितसँग आचरण दाज्नु पाखण्डिपना हो । नियमावली विपरीत दर्ता र पास हुनु कानुनी राज्यको उपहास हो तथापि पनि म कानुनी उपचार खोज्ने पक्षमा छैन।’

मधेस प्रदेशसभामा बुधबार मतदान हुँदा मण्डलको विपक्षमा दुई तिहाइ भन्दा धेरै मत खसेको थियो । पदअनुकूल आचरण नगरेको भन्दै उनीविरुद्ध गएको कात्तिक २७ गते प्रदेशसभा सचिवालयलमा एमाले बाहेकका विपक्षी दलले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

प्रस्ताव बुधबार प्रदेश सभामा निर्णयार्थ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत खसेको थियो यो मत प्रस्ताव पारित हुन चाहिने २ तिहाइ भन्दा बढी हो । मण्डल नेकपा एमालेबाट सभामुख भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *