निर्वाचनको वातावरण बिगार्ने काम नगरौंः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण बिगार्ने काम नगर्न आग्रह गरेका छन् । बिहीबार बिहान सामाजिक संजालमार्फत कोइरालाले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको कर्तव्य भएको बताएका हुन् ।

उनले बुधबार सिमरामा भएका जस्ता घटनाले दुबैलाई अप्ठ्यारो पर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो । हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौं, निर्वाचनको वातावरण नबिगारौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *