एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

बैठकमा ११औँ महाधिवेशनको तयारी र प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *